अर्जुनधारा । झापाको मेचीनगर नगरपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा हालसम्म रु ७९ लाख ६६ हजार सङ्कलन गरेको छ ।
नगरपालिकाका लेखा प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीका अनुसार कोषमा रु ७९ लाख ६६ हजार ४ सय ३० रुपैयाँ कोषमा जम्मा भएको छ । यही चैत २७ गतेसम्म कोषबाट रु. ४८ लाख ४९ हजार ७७७ कोभिड–१९ रोकथाम तथा नियन्त्रण उपचारमा खर्च भएको छ ।
कोषमा चालु आर्थिक वर्ष २०७६र७७ को वजेटबाट रु.२० लाख, नगरपालिकाको अन्य शीर्षकबाट रकमान्तर गरिएको रु. ३५ लाख, १ न. प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट रु. १० लाख आएको थियो ।
विभिन्न राजनीतिक दल, अन्य सामाजिक संघसंस्था र व्यक्तिबाट रु. १४ लाख ६६ हजार ४३० नगद रकम कोषमा जम्मा भएको कार्कीले जानकारी दिनुभयो ।