झापा । झापाको मेचीनगरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम जिल्ला माई नगरपालिका २ बस्ने ४३ वर्षीय कमल श्रेष्ठ र सूर्योदय नगरपालिका २ बस्ने २८ वर्षीय सन्दीप राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार लकडाउनमै शनिबार राति मेचीनगर नगरपालिका १० स्थित भित्री सडक खण्डमा मे ११ प २५८५ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।

नियन्त्रण लिएर उनीहरूलाई चेक जाँच गर्दा ७ ग्राम ब्राउन सुगर फेला परेको हो । यता पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।