अर्जुनधारा । लकडाउनको फाइदा उठाउँदै तस्करहरुले झापा अर्जुनधाराबाट सखुवा जातको गोलिया चोरी तस्करी गर्ने गरेको खुलेको छ ।

सशस्त्र प्रहरी बल खुदुनाबारी बेस क्याम्पको टोलीले बुधबार मध्यरातमा बिरिङ खोला किनारबाट ससाना गोलिया तस्करी गर्दै गरेको फेला पारेपछि यो नाकाबाट चोरी निकासी हुने गरेको खुलेको हो ।

सशस्त्र प्रहरी बलको टोलीले अर्जुनधारा १ स्थित बिरिङ खोला किनारमा नाका रुँघेर बस्दा सात वटा सखुवाको गोलिया बरामद गरेको हो । सशस्त्र प्रहरी नायव निरीक्षक किरण केसीका अनुसार राति ११ः५५ बजे उक्त गोलिया बरामद गरिएको थियो । तस्करीमा संलग्नहरु फरार भएको बताइएको छ ।

बरामद गरिएको १५ क्यूविकफिट गोलिया स्थानीय हचुमासा सामुदायिक वन उपभोक्ता समूहमा जिम्मा लगाइएको छ ।