झापा । झापाको अर्जुनधारा क्षेत्रमा लकडाउन उल्लङ्घन गर्ने बढेपछि सशस्त्र प्रहरीले उनीहरुलाई सडकमै ‘होल्ड’ गराउन सक्रियरुपमा लागेको छ ।

अर्जुनधारा ११ स्थित लक्ष्मी मावि वरपर मानिसको बाक्लो चहलपहल बढेपछि सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पको टोलीले उच्च निगरानीमा राखेको छ । सशस्त्र प्रहरी निरीक्षक मानबहादुर कटुवालको टोलीले बिहीबार अपराह्न पनि ३५ जनालाई ‘होल्ड’ गरेको छ ।

सोही स्थानमा बुधबार ७ बजे रातिको समयमा पनि बिना कारण घरबाहिर निस्कने व्यक्तिलाई सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पको टोलीले ‘होल्ड’मा राखेको थियो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोण विष्टका अनुसार लकडाउनका बेला चलाइएका सवारी नियन्त्रणमा लिएर चालकलाई सम्झाइ बुझाइ गर्ने गरिएको छ ।