भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीसहित निरीक्षणका लागि गृह जिल्ला आएका छन् ।
कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव भएपछि मुख्यमन्त्री राई स्वास्थ्य सामाग्रीसहित सेनाको हेलिकप्टरबाट हतुवागढी आएका हुन्।
थर्मगन,पीपीई, एन ९५ माक्स, सेनिटाइजर, ग्लोभ्स, आरडीटी किट लगायतका स्वास्थ्य सामग्री लिएर आएको मुख्यमन्त्री राई गाउँपालिकामा आएको स्वास्थ्य संयोजक जयकुमार राईले जानकारी दिए।
हतुवागढी गाउँपालिका ६ का २६ वर्षीय एक युवकमा कोरोना संक्रमण देखिपछि मुख्यमन्त्री राईले गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुसँग गाउँपालिका र जिल्लाकै पछिल्लो अवस्थाका साथै थप संक्रमण फैलन नदिनका लागि स्थानीय निकायले गरिरहेको कार्यका बारेमा जानकारी समेत लिएका थिए।