पाँचथर । विना अनुमति नागरिकलाई जिल्ला प्रवेश गराउन निषेध गरिएको छ ।

विना अनुमति तथा पूर्व तयारी विना नागरिकलाई सवारी साधनको प्रयोग गरेर राजधानी तथा अन्य स्थानबाट निरन्तर प्रवेश गराउन थालेपछि कोरोना भाइरसको संकट व्यवस्थापन समितीले जिल्ला प्रवेश निषेध गरेको हो ।

जिल्लावासीमा त्रास उत्पन्न भएको तथा क्वारेन्टाईनमा राखेर मात्रै गाउँघरमा पठाउनुपर्ने गुनासो सर्वत्र उठेपछि थप क्वारेन्टाइनको समेत व्यवस्थापन गर्न समस्या भएकाले विना अनुमति नागरिकलाई जिल्लामा प्रवेश गराउन कडाई गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताए ।

यसअघि पनि विना पूर्व तयारी ठूलो संख्यामा मानिसहरु काठमाडौंबाट आएकाले उनीहरुलाई क्वारेन्र्टानमा व्यवस्थापन गर्न समस्या भएको उनले बताए ।

काठमाडौंबाट मात्रै पछिल्लो समय २९८ जना जिल्ला भित्रिएपछि उनीहरुलाई क्वारेन्टाईनमा राखेर व्यवस्थापन गर्न समस्या भएको छ ।