झापा । अर्जुनधारा नगरपालिका १ स्थित सातकटेरीमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।
सातकटेरीस्थित टाङटिङ खोलामा आएको बाढीले बगाएर ६५ वर्षीय दुर्गाबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो ।
स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र तामाङका अनुसार शुक्रबार रातिको पानीका कारण सानो नेते खोलामा आएको बाढीले बगाएर आज बिहान ७ बजे खपाङ्गीको निधन भएको हो ।
उनका अनुसार खपाङ्गीको शव घर छेउदेखि करिब ५ सय मिटर तल शव फेला परेको थियो ।
उनलाई अचानक आएको बाढीले बगाएको हो । बिहान खोलामा बाढी आएको थिएन तर सिरानमा पानी परेकाले ह्वात्तै बाढी आएको उनले बताए । उनको आजै पोस्टमार्टमपछि दाह संस्कार गरिएको छ ।