बुधबारे । झापामा खाद्यान्न बोक्ने एउटा गाडी दुर्घटनामा परेको छ । इलामबाट खाद्यान्न लिन आउदै गरेको पिकअप दुर्घटनामा परेको हो ।

को. १ च २५८४ नम्बरको खाद्यान्न बोक्ने गाडी मेची राजमार्ग अन्तर्गत बर्ने चिया बगान सडक खण्ड्मा दुर्घटनामा परेको हो । गाडीमा क्षति भए पनि दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

प्रहरीका अनुसार गाडीमा रहेका चालक र सहचालकको अवस्था सामान्य रहेको छ । लकडाउनका समयमा ओभर स्पीडका कारण गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको आशंका गरिएको छ ।

तर, सडकमा छोडिएको बाख्राको पाठो बचाउन खोज्दा दुर्घटना भएको चालक रबिन पाठकले दाबी गरेका छन् । गाडी सडकमा करिब ४० मिटर जति धसारिएको थियो ।

अहिले दुर्घटनास्थलमा प्रहरी पुगेर घटनाबारे थप जानकारी लिएको छ भने पल्टिएको गाडी स्काभेटरको सहयोगमा उठाइको छ ।