काठमाडौं । सरकारले लकडाउन १० दिन थप्दै जेठ ५ गतेसम्म लागू गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सुनाउँदै अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले लकडाउनमै पनि निश्चित क्षेत्रका काम गर्न र सेवा सूचारु गर्न छुट दिने निर्णय भएको जानकारी दिए ।

निर्णयहरु
१. लकडाउन जेठ ५ गते सोमबार मध्यरातसम्मका लागि लागू हुने र कार्यान्वयन गर्ने ।

२. कोभिड १९ बाट सुरक्षित रहेनका लागि अन्तर्राष्ट्रिय सीमा जेठ १८ गते आइतबार रातिसम्म बन्द गर्ने । तर, मालसामानको ढुवानीका यथावत राख्ने र हवाई उडान पनि बन्द गर्ने ।

३. औषधि, स्वास्थ्य सामग्री जस्ता अत्यावश्यक वस्तुको उत्पादन र बिक्री वितरण, खाद्य वस्तुलगायतका कृषि वस्तु र पशुपक्षीजन्य उत्पादन र बिक्री वितरण, औद्योगिकजन्य वस्तुको उत्पादन र बिक्री वितरण, विकास आयोजनाको सञ्चालनका लागि आवश्यक पर्ने ढुंगा गिट्टी वालुवाको ढुवानी र न्यूनतम बैंकिङ सेवा सुचारु गर्न केन्द्रीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट र प्रदेशस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्टसँग आवश्यक समन्वय गरी सम्बन्धित जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन्टले जोखिमको अवस्था मूल्यांकन गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराई सामाजिक दुरी पालना गरी देहायका बमोजिमका सेवा सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने

क) कृषिजन्य पशुपक्षी सम्बन्धी व्यवस्था, खाद्य वस्तु र बाली लगाउने र पाकोको बाली भित्राउने । माछा पालम, कुखुरा पालन तथा तराकारी र दुग्घजन्य पदार्थको संकलन, भण्डारन र बिक्री वितरण र विरुवाको उत्पादन, घॉस तथा दानाको, कृषि विऊ विजनको उत्पादन, भण्डारन र बिक्री वितरण गर्ने ।

ख) स्वास्थ्य सेवा सम्बन्धनमा.. सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल, क्लिनिक, ल्याव, डाइगोनेसिस्टिक सञ्चालन र सबै प्रकारका खोपको सञ्चालन, अक्सिजनको उत्पादन र बिक्री वितरण । औषधि पसल, एग्रोभेट सञ्चालन ।

ग) जनक शिक्षा सामग्री केन्द्रबाट अनुमति लिएका स्टेशनरी खोल्न पाइने ।

घ) ढुवानी सम्बन्धी.. ढुवानीका सवारी साधनहरुलाई निसंक्रमित गरी जारी भएको निस्सा साथमा राखी चालक तथा परिचालकको स्वास्थ्य जॉच गरी आवतजावत गर्न दिने ।

भन्सारबाट जॉचपास भइ आएका, उद्योग प्रतिष्ठानबाट लोड लिइ मालसामान ढुवानीका साधनहरु। त्यसैगरी पानी, ग्यास र पेट्रोलियमपदार्थ बोकेका ढुवानीका साधनहरु ।

औद्योगिक कच्चा पदार्थ र सामान बोकेका साधनहरु, विकास आयोजनामा प्रयोग उपकरणहरुलाने, ल्याउने सामग्री बोकेका ढुवानीका साधनहरु ।

कृषि सामग्री, रासायनीक मल बोकेका ढुवानीका साधन, एम्बुलेन्स, विद्यालयकापाठ्यपुस्तक बोकेका साधनहरु ।

ङ) काठमाडौं प्रवेश गर्ने सवारीमा यात्रु राख्न नपाइने । प्रवेश बिन्दुमा त्यस्ता मालवाहक सवारी चालक र सहयोगीको नाम, जन्म मिति, काठमाडौं प्रवेश गरेको मितिसहितको विवरण राख्ने र सवारी फर्केर जॉदा सोही विवरणको व्यक्ति भए नभएको जॉच गर्ने । झुठ्ठा विवरण दिइ यात्रा गरेको पाइएमा नियन्त्रणमा लिइ कारबाही गर्ने ।

च) एम्बुलेन्स दुरुपयोग गर्नेलाई कारबाही गर्ने । र सवारी पास न्यूनतम संख्यामा जारी गर्ने ।

छ) विकास आयोजना सम्बन्धीमा राष्ट्रिय गौरवका आयोजनहरु, जलविद्युत आयोजनाहरु, सिॅचाइ, खानेपानी, विमानस्थल निर्माण, सडक, पुल, सरकारी भवन निर्माण एक पटकमा एक स्थानमा १० जना नबढ्ने गरी सञ्चालन गर्ने ।

ज) काम गर्ने श्रमिकको हकमा अनिवार्य स्वास्थ्य जॉच गर्ने । एक स्थानमा आवास, कार्यस्थलमै खाजा खानाको व्यवस्था मिलाउने ।