काठमाडौं । पछिल्लो परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकुमा गिरएको स्वाब परीक्षणमा कपिलबस्तु यशोधारा गाउँपालिका ५ र बुद्धभूमि नगरपािलका ७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरूष र एक जना उमेर नखुलेका पुरूष रहेको मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

उहाँहरूको स्वास्थ्य अबस्था सामान्य रहेको र उहाँहरू स्वास्थ्यकर्मीको संम्पर्कमा हुनुहुन्छ ।