विराटनगर । कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक कोरोना सङ्क्रमित डिस्चार्ज हुनुभएको छ ।

झापा दमक ३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज हुनुभएको अस्पतालले जनाएको छ । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको जनाइएको छ ।

पछिल्लोपटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

मङ्ग्रातीलाई वैशाख १२ गते भर्ना गरिएको थियो । मङ्ग्राती डिस्चार्ज भएसँगै प्रदेश १ बाट कोरोना निको भइ डिस्चार्ज हुनेको सङ्ख्या १८ पुगेको छ । बाइस जना उपचाररत रहेको र उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।