विर्तामोड । झापाका पत्रकारहरुको पीसीआर विधिबाट कोरोना जाँच सुरु गरिएको छ ।
नेपाल पत्रकार महासंघ झापाको पहलमा सामाजिक विकास मन्त्रालयले बुधवार विर्तामोडस्थित महासंघको कार्यालयमै पत्रकारहरुको कोरोना जाँचका लागि थ्रोट स्वाव (घाँटीको र्याल) संकलन गरिएको छ ।
दिउँसो अढाई बजेतिर महासंघका पूर्व अध्यक्ष एवम् नेपाल टेलिभिजनका झापा सम्बाददाता भीम नेम्वाङबाट पहिलो स्वाव संकलन गरिएको थियो ।
महासंघका अध्यक्ष तारामणि सापकोटाले पहिलो चरणमा २५ जनासम्मको स्वाव संकलन गरिने जानकारी दिएका छन् ।
यो काममा जिल्ला स्वास्थ्य कार्यालय झापाका स्वास्थ्यकर्मीले प्राविधिक सहयोग पुर्याएका छन् ।
सामाजिक विकास मन्त्री जीवन घिमिरे समेत पत्रकारहरुको स्वाव संकलन कार्यक्रममा आउने जानकारी अध्यक्ष सापकोटाले दिएका छन् ।