झापा । लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका–५ स्थित कृष्ण चित्र हल छेउबाट स्थानीय पवन चौधरी र महेश गुरुङलाई चार ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी झापाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी साकारराज पन्तले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्ने उनीहरू बिर्तामोड–४ का बासिन्दा हुन् । दुबैलाई अनुसन्धानक लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।