झापा । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको भवनमा रहेको क्वारेन्टाइनमा रहेका १२ जनासहित २५ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ ।
भारतका विभिन्न सहरबाट नेपाल भित्रिएका अर्जुनधाराका बासिन्दालाई उक्त क्वारेन्टाइनमा राखिँदै आएको छ । शुक्रबार क्वारेन्टाइनमा रहेका १२ जना र १३ जना स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाब संकलन गरिएको नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।
उनका अनुसार क्वारेन्टाइनमा अहिले १९ जना रहेका छन् । उनीहरु सबै भारतबाट आएका हुन् । हिजो बिहीबारमात्र २२ जनालाई क्वारेन्टाइनबाट घरसम्म पुराइएको थियो ।
पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पुराइएको हो । हालसम्म अर्जुनधारामा ३० जनामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।