निरौलाले सो दुईवटा वनमा वन विज्ञानको आधारमा रूखको जीवनचक्र अनुसार नयाँ बिरुवाको पुनरुत्पादनवनमा पुराना बुढा सालका रूख रहेको र काटछाँट गरी नयाँ सालको जंगल हुर्काउने वैज्ञानिक वन व्यवस्थापन विधिलाई कार्यक्रमका माध्यमबाट लागू गरिने जानकारी दिए ।
त्यसो हुदाँ स्थानीय उपभोक्ताले वार्षिक लाखौँ आम्दानी सहित बुढा, ढलापढा, सुकेका रुख खेर गएको अवस्थामा वनको वैज्ञानिक व्यवस्थापनबाट वनको हैसियतमा सुधार र काठको आपूर्ति पूरा हुने, सरकारलाई राजस्व सङ्कलनमा वृद्धि, स्थानीय तहमा रोजगारी सिर्जना गर्नेछन्,’ सव–डिभिजन कार्यालयका प्रमुख निरौलाले भने, ० देखि १९ डिग्रीसम्म ठलापढा रुखहरु निकाल्न मिल्ने उनले बताए । ’
समुदाय र विभिन्न तहमा भएका छलफल, कार्यशाला गोष्ठी, वनको अध्ययन र सर्भेबाट सुखानी सामुदायिक वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना तयार भएर पनि स्वीकृत भई सुरुवात भएको सुखानी सामुदायिक वन समूहका अध्यक्ष लक्ष्मी चापागाईले बताए । ४ दशमलव ६१ हेक्टरमा वन क्षेत्रमा वैज्ञानिक वन कार्ययोजना लागू भैइसकेको यस समूहमा ८ लाख ४० हजार रुपैया वन तथा भू–संरक्षण मन्त्रालयबाट बजेट व्यवस्थापनका लागि विनियोजन भइसकेको अध्यक्ष चापागाईले बताए ।
माईनगरपालिका वडा–४ अध्यक्ष सूर्य दुलालले नगरले निरीक्षण गरी कार्यक्रम अगाडि आएकाले १ वर्षसम्म परीक्षणको रुपमा हेरिने बताए ।
सुखानी सामुदायिक वनको सभाहलमा आयोजित कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगर सभा सदस्य सिताराम भट्टराई, माईनगरपालिका नगर सभा सदस्य महेन्द्र बुढाथोकी, पूर्व अध्यक्षहरु ओम प्रकाश सिटौला, धनबहादुर तामाङ, उपभोक्ता इश्वर खवास, श्याम भट्टराई लगायतले धारणा राखेँका थिए ।
यता लालीगुरास सामुदायिक वनले पनि १ दशमलव २६ हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन योजना लागू गरेको समूहका अध्यक्ष टेक बहादुर लुङ्गेलीले बताए । १३ सय क्यू.फि काठ दाउरा संकलन गरिने त्यसबाट प्राप्त आम्दानीले स्थानीय उपभोक्ताहरूको आर्थिक दिगो जीविकोपार्जन र स्थानीय विकासका कार्यक्रममा लगाइने छ । सो समूहको व्यवस्थापनका लागि वन तथा भू–संरक्षण मन्त्रालयबाट ४ लाख ८० हजार रुपैंया रकम विनियोजन भइसकेको बताइएको छ ।