दमक/ दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार राती कमल ६ गेउरिया स्थित भित्री सडक खण्डमा पाडाजुङ्गीबाट दक्षिणतर्फ जादै गरेको मे १० प ६८५१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ४प १६५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको थियो। मृत्यु हुनेमा कमल गाउँपालिका ६ बस्ने २१ वर्षीय प्रवीण राजवंशी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि दमक लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार कमल ६ बस्ने २६ वर्षीय मनोज शाह र मे १० प ६८५१ नम्बरको मोटरसाइकल चालक कमल ४ बस्ने २२ बर्षीय लोकेश ठटाल गम्भिर घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि बिर्तामोड पठाइएको छ भने दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।