इलाम / इलामको सन्दकपुर गाउँपालिका ५ जमुनास्थित ढाप पोखरीमा तीन दिने ‘ढापपोखरी पर्यटन महोत्सव’ सुरु भएको छ । जिल्लामै पहिलो पटक फिसिङ सहितको महोत्सव सुरु भएको हो ।

पर्यटन प्रर्वधन गर्ने उदेश्यले आयोजित महोत्सवको उद्घाटन सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले गरे । महोत्सवमा बोटिङ, फिसिङ, घोडचढी तथा वृहत साँसकृतिक कार्यक्रमको आयोजना गरिएको छ । महोत्सवमा जिल्लाका विभिन्न क्षेत्रबाट पर्यटकहरु ढापपोखरी पुगेका छन् । ढापपोखरीको प्रमुख आकर्षण फिसिङ रहेको छ । पोखरीमा करिब साढे ७ हजार माछा छन् । ग्रासकार र कमनकार जातका ती माछा २ वर्ष अघि तत्कालिन जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको थियो ।

त्यस्तै डुङ्गा सवार महोत्सवको अर्को आकषर््ाण हो । चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण समितिको पहलमा विस्तार भएको पोखरीमा कात्तिक २०७४ देखि २ वटा डुङ्गा समेत सञ्चालनमा ल्याइएको थियो ।
महोत्सवमा विभिन्न जातजातिको परम्परागत संस्कृतिको प्रर्दशनी, जातिय खाना र भेषभूषाको प्रर्दशनी, ऐतिहासिक र पुरातात्विक सामाग्री प्रर्दशनी गरिएको छ ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा सांस्कृतिक प्रस्तुती रहेको छ । महोत्सवकै अवसर पारेर रेडपाण्डा पाइने स्थान चोयाटार र हाँगेथामको अवलोकन समेत गराइनेछ ।

पर्यटकका लागि होमस्टेको व्यवस्था गरिएको छ । पोखरी आसपासका २ दर्जन घरमा खान र बस्ने व्यवस्था गरिएको महोत्सव मूल आयोजक समतिकिा संयोजक जीतबहादुर साँवाले जानकारी दिए ।

महोत्सवमा ५० हजार बढि आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष आयोजकको छ ।