झापा । सिटिजन बैंककोे १२आँै वार्षिक उत्सवको अवसरमा झापाको बिर्तामोड शाखाले आइतबार रक्तदान कार्यक्रम आयोजना गर्यो ।

बैकका प्रदेश नम्वर १ का प्रवन्धक ओमकार आचार्यको उपस्थितिमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । बिर्तामोड शाखाका प्रवन्धक राजु निरौलाले मेचीको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा नौला र बहुउपयोगी कार्यक्रम सञ्चालन गरेर बैकका उपभोक्तालाई अधिक फाइदाका कार्यक्रम सञ्चालन गर्ने वताए ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा भएको रत्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । यसअघि स्थापना दिवसकै अवसरमा दमक र धरान शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बताइएको छ ।