खुदुनाबारी, झापा । झापामा सर्पदंशबाट आइतबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका २ वेलटार बस्ने ५२ वर्षीय खर्कबहादुर श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार श्रेष्ठलाई बाटो हिँड्ने क्रममा गोमन सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाए लगतै उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो।

त्यहाँ उपचार संम्भव नभएपछि उनलाई थप उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याएको र उनको त्यही उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।