भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले वडा नम्बर ६ का विपन्न १० परिवारलाई आयआर्जनका लागि उन्नत जातका बाख्रा निःशुल्क प्रदान गरेको छ ।

नगरपालिकाको पशु सेवा शाखाको वार्षिक कार्यक्रमअन्तर्गत ६ नम्बर वडा कार्यालयको संयोजनमा एक परिवारलाई एक माउ र एक पाठा प्रदान गरिएको वडा सदस्य प्रकाश शर्माले जानकारी दिनुभयो ।

आइतबार वडा कार्यालय परिसरमा एक कार्यक्रमका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, वडाध्यक्ष प्रेमबहादुर बरुवाल, पशुसेवा शाखा प्रमुख गणेश भट्टराईलगायतले बाख्रा हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी, एउटा बोयर जातको बोका पनि प्रदान गरिएको पशुसेवा शाखा प्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।