झापा । प्रदेश-१ को सरकारले प्रदेश-२ सरकारलाई एक करोड सहयोगको चेक हस्तान्तरण गरिएको छ। प्रदेश-१का मुख्यमन्त्री शेरधन राइले सोमबार प्रदेश -२ को मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरेका हुन्।

बारा र पर्साको हवाहुरी पीडितलाई राहत प्रदान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश  १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा सानो सहयोग गरेर प्रदेश-२ को विपदमा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताए।

कार्यक्रममा प्रदेश-२का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश- १ को सहयोग प्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताए।

बारा पर्सामा चैत्र १८ गते आएको हावाहुरी २९ जनाको मृत्यु भएको हो भने करोडौको धनमालको क्षति भएको छ।