सरोज शर्मा,
नेपालमा कार्यक्रम गर्ने तरिका भद्धा छ । यो सार्वजानिक समारोहका लागि भनिएको हो । विकसित देशहरुमा आसन ग्रहण, सम्बोधनसहितका विषयलाई ठुलो प्राथमिकतामा राखिन्न । प्रमुख अतिथि र अतिथिहरु भनेर वक्ताले सम्बोधन पूरा गर्छन् । हामीकहाँ त्यस्तो पटक्कै छैन । भाषणभन्दा लामो त आसन नै हुन्छ । वक्ताले मन्तब्य राख्दा फेरि त्यसै गर्छन् र अर्को भद्धा थपिदिन्छन् । आयोजकको नगर्दा पनि हुने आसन ग्रहणले झनै दिग्दारिलो बनाइराखेको हुन्छ । आयोजकलाई त लाग्ला सबै बोलाएकालाई नामै लिएर बस्न भनिएको हो तर त्यसो भनिरहँदा अन्य सहभागीहरुले आफ्नो महत्वको समय खेर फालिराखेका हुन्छन् । त्यसले सभ्य कार्यक्रमको असभ्य सुरुवात गरिदिन्छ । कि होइन ?

कुरो आसनग्रहणको मात्रै होइन, यहाँ राष्ट्रिय गानको अपमानले सहभागीलाई धुरुक्क रुवाएको छ । कि मलाइ मात्र त्यस्तो हुन्छ भने त्यो मेरो निजी बिचार मान्दिनुहोला । अन्त टाडा देशको कुरो नगरुम् यहीँ छिमेकी देश भारतमा राष्ट्रिय गान बज्दा कोही कुनै पनि हालतमा हलचल गर्दैनन् । यतिसम्मकी हलभित्र कार्यक्रम भइरहेका बखत कोही भित्र छिर्दैछ र ऊ ढोकमा एउटा खुट्टा भित्र र अर्को बाहिर भएको अवस्थामा राष्ट्रिय गान बज्न थाल्यो भने उ त्यही उभिन्छ र राष्ट्रिय गानप्रतिको सम्मान प्रकट गर्छ । हाम्रोमा के-के हुन्छ भनिरहनु पर्दैन होला । हाम्रोमा हुने भनेको प्राबिधिकले राष्ट्रिय गान बजाउँछ त्यतिबेर मन लाग्नेहरु उठ्छन् नभए बसिरहन्छन् ।

कोही मस्तसँग फोटो खिचिराखेका हुन्छन्, त कोही कानेखुसी गरिरहेका हुन्छन् । हुन त राष्ट्रिय गान बजेका समयमा के गर्न पाउने वा नपाउने भन्ने कही कतै लिखित केही बनेको छ जस्तो लाग्दैन । तर, यो नैतिक र इमान्दारिताको विषय मात्रै होइन राष्ट्रिय गानप्रतिको सम्मानको विषय पनि हो । होइन सम्मान आवश्यक छैन भने त्यत्रो सभ्य कार्यक्रममा राष्ट्रिय गान किन बजाउने ?

राष्ट्रिय गानको मात्रै होइन यहाँ सभ्य भनिएका कार्यक्रममा सहिदहरुको यत्रो ठुलो अपमान हुन्छकी कसैले केही हेक्का नै राख्दैनन् । सहिदको सम्झना गर्ने, उनका योगदान सम्झने भन्दै एक मिनेट मौन धारण गर्ने भनिन्छ अनि अर्थोकै गरिन्छ । एक मिनेट नै मौनधारण गर्ने भनेर कसले बनाएको हो समय सीमा रु एक मिनेट भनेर ३० सेकेण्ड वा सो भन्दा कममा धन्यवाद भन्दै मौनधारण रोक्ने बदनियत तपाइँमध्ये क-कस्ले देख्नु भएको छैन ? छैन भने अबदेखि याद गर्नुस् । हो, त्यस्तै भइराखेको छ आजभोलि ।

ब्यवस्था परिवर्तनको लडाइँमा होमिएकाहरुलाई आधा मिनेट पनि आनन्दले सम्झन नपाइने कस्तो सभ्य कार्यक्रम हो आयोजकको रु सहिदका नाममा छुट्याएको आधा मिनेट पनि ढिसमिस पार्न खोज्नु पनि अपराध हो । म त माग गर्छु राष्ट्रिय गान वा मौन धारणको अवधिमा के गर्नु पर्ने हो तय हुनु परो । होइन भने आयोजकले सभ्य भनेको कार्यक्रम असभ्य पनि त देखिन सक्छ । सक्दैन र ?

भाषणको दिग्दारीले पनि सभ्य कार्यक्रम असभ्य जस्तै बन्छन् । भाषण ठुलो संख्यामा नागरिकको उपस्थितिमा गर्नु पर्छ भन्ने कहीँ कतै छैन । तर, के चाहिँ हो भने सरोकार नै नभएका विषय त्यसमा पनि सुनिदिने कोही नभएको ठाउँमा भट्याउँदा मात्रै प्रखर वक्ता हुने होइन । कुरोको चुरो र तात्कालिन परिस्थिति बुझ्नु परो भन्ने हो । होइन भने जति नै सभ्य भनिएका कार्यक्रम पनि भनिएअनुसार देखिँदैनन् है…