झापा । नेपाल टेलिकमले तिहारका साथै छठ र नेपाल संवतका अवसरमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने जनाएको छ ।

योभन्दा पहिलेदेखि नै उपलब्ध फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफरहरुलाई समेत निरन्तरता दिइएको टेलिकमले जनाएको छ । जीएसएमरसीडीएमए प्रिपेडरपोस्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

आउँदो कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा रु. ५०।–, १००।– र २००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु. ५०।–, १००।– र २००।– को बोनस ३ दिनभित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

त्यसैगरी एमपोसबाट रु. १०।– देखि ४९९।– सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– वा त्योभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । त्यो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

पहिलेदेखि नै उपलब्ध विभिन्न अफरहरुलाई पनि निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।