बिर्तामोड । शिखर बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभा सामाजिक व्यक्तित्वलाई सम्मान गर्दै सोमबार सम्पन्न भएको छ ।

सिटी सेन्टरमा आयोजित सभाको उद्घाटन नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय अध्यक्ष डिबी बस्नेतले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । संस्थाका अध्यक्ष दिपेन्द्र राउतको अध्यक्षतामा भएको कार्यक्रममा बिएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई सामाजिक सम्मान प्रदान गरिएको थियो । उक्त सम्मान हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले ग्रहण गरेका थिए ।

त्यस्तै, शारीरिक सुगठनका राम दाहाललाई खेलाडी सम्मान, युवा व्यवसायी प्रणित पुडासैनी, सरोज खरेललाई युथ अवार्डबाट सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको रुपमा सुविज्ञा भट्टराई र सुशिला टुडुलाई पुरस्कृत गरियो । कार्यक्रममा विभिन्न विधामा ३० जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

४४ जना युवा मिलेर सुरु गरिएको संस्थामा अहिले ७ सय ६० जना सेयर सदस्य रहेको छ भने सेयर पुँजी चार करोड ४४ लाख आठ हजार रहेको जानकारी दिइयो । अध्यक्ष राउतले प्रस्तुत गरेको प्रतिवेदनमा निक्षेप संकलन ४४ करोड ९२ लाख ४९ हजार ५६७, कुल लगानी ४६ करोड ४ लाख २ हजार २८८, आम्दानी ७ करोड ९१ लाख ११०, खर्च ७ करोड १० लाख ९८ हजार ४३५ र नाफा एक करोड ८१ हजार ६७५ रुपैयाँ रहेको उल्लेख छ ।

कार्यक्रममा संस्थाका सहसचिव तारा खतिवडाले स्वागत गरेका थिए ।