झिलझिले । शिवसताक्षीको चौतारी बचत तथा ऋण सहकारी संस्थाले कार्यालय भवन निर्माण गर्ने भएको छ ।
बुधबार भवनको शिलान्यास गरिएको सहकारीको सूचना शाखाले जनाएको छ । झिलझिलेमा प्रधान कार्यालय रहेको सहकारीेले ३ वर्षअघि कार्यालय भवनका लागि जग्गा खरिद गरेको थियो । इलाका प्रहरी कार्यालय झिलझिले अगाडि रहेको उक्त जग्गामा संस्थाका अध्यक्ष भद्रदुमी राई र कार्यवाहक अध्यक्ष धनबहादुर राईले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।
दुई तलाको ८ कोठे भवनको निर्माण ठेक्का सम्झौता भइसकेको पारावारी सेवा केन्द्रका प्रमुखसमेत रहेका संस्थाका कोषाध्यक्ष मिलन राईले बताए । चौतारीको निर्माण हुने भवन भूकम्प प्रतिरोधात्मक र अत्याधुनिक हुने संस्थाका व्यवस्थापक विवेक राईले बताए ।