अर्जुनधारा । झापा शनिश्चरे बजारका एक युवा व्यवसायीले विपन्न परिवारका लागि खाद्यान्न वितरण गर्ने घोषणा गरेका छन् ।

कोरोना भाइरसको संक्रमणले गर्दा बनिबुतो गर्न पनि असहज भइरहेको अवस्थामा अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा बीबी किचन कर्नर र पवित्रा भेराइटिजका सञ्चालक प्रकाश श्रेष्ठले स्थानीय ११ विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत ११ परिवारका लागि प्रतिपरिवार २५ केजी चामल, ५ केजी दाल र २ केजी नुन प्रदान गर्ने घोषणा गरेका छन् । उनले विपन्न परिवारको पहिचान गर्न स्थानीयलाई आग्रह पनि गरेका छन् । करिब ३० हजारबराबरकाे सहयाेग गर्न लागेकाे उनले बताए ।

उनले अन्य व्यापारी, व्यवसायीलाई पनि यस संकटको घडीमा विपन्न मजदुर परिवारलाई सहयोग गर्न पनि अनुरोध गरेका छन् ।