पर्वत पोर्तेल,
काँकडभिट्टा । झापामा लकडाउन उल्लंघन गर्नेलाई समेत क्वारेन्टाइनमा राखिने भएको छ ।

लकडाउनका बेला घुमफिर गर्नेलाई राख्न मेचीनगर नगरपालिकाको समन्वयमा मेचीनगर–८ को आदर्श माविमा अलग्गै क्वारेन्टाइन बनाइएको काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए।

उनका अनुसार सोमबार लकडाउन उल्लंघन गर्ने १० जनालाई क्वारेन्टाइनमा राखिएको छ। ‘लकडाउन उल्लंघन गर्नेलाई पनि अब पक्राउ गर्दै क्वारेन्टाइनमा राखिने छ,’ उनले सचेत गराउँदै भने, ‘कृपया घरबाट बाहिर ननिस्कनु होला।’ कान्तिपुरबाट