झापा । बिर्तामोड-८ को प्रगतिनगर युवा समाजले अति विपन्न ४५ परिवारलाई खाद्य सामग्री वितरण गरेको छ ।
स्थानीय युवाबाट संकलित सहयोग रकमले प्रतिपरिवार ५ केजी चामल, २ केजी आलु, १ केजी नुन, १ लिटर तेल, १ केजी दाल, न्युटेला, चाउचाउ र हात धुने सावुन वितरण गरेको स्थानीय युवा अनुप सापकोटाले जानकारी दिए।
स्थानीय युवाको अगुवाईमा घरघरमै पुगेर राहत स्वरुप खाद्य सामग्री वितरण गरिएको हो । लकडाउनपछि दैनिक काममा जान नपाएका मजदुर परिवारलाई लक्षित गरेर राहत बाँडिएको सापकोटाले बताए ।
समाजले लकडाउनबाट ग्रसित अवस्थामा समाजमा कुनै अप्रिय गतिविधि नहोस् र खान नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भनेर सुरक्षित रुपमा सामग्री घरमै लगेर वितरण गरिएको हो ।दैनिक ज्यालादारीमा काम गर्ने परिवारमा अहिले बिचल्ली हुन थालेकाले गाउँकै युवाले सहयोग गरेका हुन् ।