झापा । अर्जुनधारा नगरपालिका ७ स्थित सांगे टोलमा बुधबार दिउँसो आगलागी भएको छ ।

सांगे टोलस्थित एक सुपारी प्रशोधन केन्द्रमा आगलागी भएको प्रहरी चौकी शनिश्चरेले जनाएको छ । स्थानीय ताकेश्वर पूर्वेको सुपारी प्रशोधन केन्द्रमा दिउँसो ४ बजे आगलागी भएको चौकीका इन्चार्ज तथा सइ घनश्याम पाण्डेले जानकारी दिए ।

उनका अनुसार फोहोर जलाएको आगोबाट सल्केर सुपारी राख्न बनाइएको परालको छाना भएको टहरा जलेर नष्ट भएको छ । आगलागी हुनासाथ स्थानीबासी, प्रहरी र बिर्तामोड नगरपालिकाकाले दमकलको सहयताबाट आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

आगलागीबाट अन्दाजी ५० हजारबराबरको सामग्री नष्ट भएको प्रहरीले जनाएको छ भने थप क्षति हुन नदिनका लागि सुपारी सुकाउने केही बाँसबाट बनेको छाप्रामा क्षति पुगेको छ ।