0 Shares

काँकडभिट्टा । कोरोना नियन्त्रणका लागि विषादी छिट्ने क्रममा पिठ्यु जलेका मेचीनगर–६ का १५ वर्षीय अभिनाश सुवेदीलाई अस्पताल भर्ना गरिएको छ ।

कान्तिपुर अनलाइन लगायत न्यूज सञ्जाल डटकम र अन्य अनलाइनमा समाचार प्रकाशित भएपछि मेचीनगर नगरपालिकाले उनको उपचारमा चासो दिएको हो ।

उनलाई बिर्तामोडस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको छ । विपन्न परिवारका वालक उपचार अभावमा चार दिनदेखि घरमै थिए ।

मेचीनगरको विपद् व्यवस्थापन समितिका संयोजक टीकाराम मंग्रातीले बालकको सम्पूर्ण उपचार खर्च नगरपालिकाले बेहोर्ने जानकारी दिए । विषादी भरिएको ट्यांकी चुहिँदा उनको पिठ्यु जलेको थियो ।