झापा । कनकाई नगरपालिकास्थित कोटीहोम नजिक रहेको बस्तीमा आज अपराह्न आगलागी भएको छ ।
आगलागीका कारण तीन वटा घर पूर्णरुपले जलेर नष्ट भएको बताइएको छ । बाक्लो बस्ती रहेकाले के कति क्षति भयो भन्ने विवरण आउन सकेको छैन ।
आगो नियन्त्रणमा लिनका लागि स्थानीयले प्रयास गरिरहेका छन् । आगाे नियन्त्रणमा आउन सकेकाे छैन ।