0 Shares

झापा । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले विपन्न नागरिकका लागि राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा शिक्षा बहुउद्देश्यीय सहकारीले उक्त रकम सहयोग गरेको हो ।

आइतबार शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपाने र सचिव दीपेश धौरालीले बिर्तामोड नगरपालिका कार्यालय पुगेर सहकारी अधिकृत डिल्ली दाहाल समेतको उपस्थितिमा नगर प्रमुख ध्रुवकुमार सिवाकोटीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

बिर्तामोड मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका दुर्गापुर, शनिश्चरे र धाइजनमा तीनवटा सेवा केन्द्र सञ्चालनमा छन् । ती सेवा केन्द्रमार्फत सहकारीले २८ सय सदस्यलाई वित्तिय सेवा दिँदै आएको छ ।