इलाम । इलामको क्वारेन्टाइनबाट गएराति एक युवक भागेका छन् ।

इलाम नगरपालिका ६ मा रहेको डा. मेघ बहादुुर सामुदायिक अस्पतालको भवनमा रहेको क्वारेन्टाइनबाट सन्दकपुर गाउँपालिका ३ सुलुबुङका सरोज अधिकारी भागेको जनाइएको छ ।

भारतको सिलिगुडीबाट इलाम आएका अधिकारीलाई २३ गते इलाम नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा राखिएको थियो । उनले प्रहरीलाई छक्याएर भागेको इलाम नगरपालिकाका सुचना अधिकारी राम कुमार शाहले बताउनुभयो ।

भारतबाट आएकोले कोरोना संक्रमण हुन सक्ने आशंकामा इलाम अस्पतालले क्वारेन्टाइमा राख्न पठाएको थियो । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख हिराबहादुर पाण्डेले जानकारी दिनुभयो ।