इलाम । इलाम नगरपालिका वडा नम्बर– ८ सिङ्फ्रिङ स्थित डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट फरार भएका युवा फेला परेका छन् ।

क्वारेन्टाइनमा रहेको अवस्थाबाट भागेका भनिएका भनिएका सरोज अधिकारी इलाम बजारकै सिंहबाहिनी मन्दिरमा फेला परेका हुन् ।

इलाम अस्पतालको रेफरपछि चैत्र २३ गते देखि क्वारेन्टाईनमा राखिएका सन्दकपुर गाउँपालिका ३ सुलुबुङ घर भएका अधिकारी सोमबार राती फरार भएका थिए ।

उनी आज अपराह्न फेला परेको इलाम नगरपालिकाले जनाएको छ । भारतको सिलगुडीबाट हालै घर आएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।