झापा । विश्वभर फैलिंदै गएको कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८२ हजार २३ जनाको मृत्यु भएको हो ।

संक्रमण भएर निको हुनेको संख्या ३ लाख एकहजार छ भने प्रभावितको संख्या तिब्ररुपमा बढेर १४ लाख ३० हजार पुगेको छ ।

सबैभन्दा बढी प्रभावित देशहरुमा इटाली, स्पेन, अमेरिका, फ्रान्स र बेलायत रहेका छन् ।

इटालीमा ज्यान गुमाउनेको संख्या १७,१२७, स्पेनमा १४,०४५, अमेरिका १२,८४१, फ्रान्स १०,३२८ र बेलायतमा ६,१५९ पुगेको छ ।