झापा । झापाको गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर २ मा विपन्नलाई राहत बाँड्न एउटा गाउँमा पुगेका जनप्रतिनिधिमाथि हातपात भएको छ ।

वडा नम्बर २ स्थित हेम्नाडांगी सतार बस्तीमा बुधबार विपन्न परिवारलाई राहत बाँड्न पुगेका वडा सदस्य अरुणकुमार राजवंशीमाथि बुधबार साँझ हातपात भएको प्रहरीले जनाएको छ ।

वडा सदस्य राजवंशीमाथि हातपात गरेको आरोपमा सोही ठाउँका सोम मुर्मु र अन्य एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा कार्यालयले गरेको लगत सङ्कलनमा विपन्न परिवारको नाम छुटाएको भन्दै वडा सदस्य राजवंशीमाथि उनीहरूले हातपात गरेका थिए ।

वडा कार्यालयले बुधबार बिपन्न परिवारलाई राहत वितरण गरेको छ भने यसअघि भार सय पाँच परिवारलाई राहत वितरण गरिसकिएको वडाध्यक्ष अग्नु राजवंशीले बताउनुभयो ।