0 Shares

झापा । लकडाउनका बेला सवारी पास लिएर लागूऔषधको तस्करी गर्ने दुई युवा समातिएका छन् ।

झापाको दमकबाट ब्राउन सुगर बोकेर जाँदै गरेका युवा मोरङको बेलवारीमा समातिएका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीले मंगलबार राति बेलबारी–३ स्थित पूर्वपश्चिम राजमार्गबाट सवारीपास भएको मोटरसाइकलमा सवार दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिराहाको मिर्चैया-३ घर भई हाल गोलबजार नगरपालिका-३ बस्ने २३ वर्षीय सन्तोष सिंह र सोही ठाउँका २४ वर्षीय विजयकुमार मण्डल रहेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालय सिराहाबाट औषधि ओसारपसार गर्ने सवारी पास लिएर उनीहरुले लागुऔषध ब्राउन सुगरको ओसारपसार गरेको खुलेको छ ।

प्रहरीका अनुसार उनीहरूको साथबाट प्रहरीले ३१ ग्राम ६९ मिलिग्राम ब्राउन सगुर बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले भिडियो ‘कन्फेरेन्स’ मार्फत बुधबार सार्वजनिक गर्दै मोरङमा अहिलेसम्मकै ठूलो परिमाणमा ब्राउन सुगर बरामद भएको जनाएको छ । जुत्ताभित्र मोजामा लुकाएरको अवस्थामा प्रहरीले ब्राउन सुगर बरामद गरेको हो ।