झापा । अब कोरोना भाइरस सङ्क्रमण भए नभएको जिल्ला जिल्लामा नै जाँच हुने भएको छ । क्वारेन्टाइनमा रहेकाहरुलाई १४ दिन भएपछि घर पठाइँदै आएको छ ।

तर, अबदेखि किट मार्फत कोरोना जाँच गरेर मात्र घर पठाउने जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका १५ वटै पालिकाहरूलाई परिपत्र गरेको छ ।

गृह मन्त्रालयको आदेश अनुसार भन्दै झापाका सबै स्थानीय तहमा जिल्ला प्रशासन कार्यालय झापाले परिपत्र गरेको हो । अहिलेसम्म पालिकामा रहेका क्वारेन्टाइन रहेकाहरूलाई बिना जाँच घरमा थप क्वारेन्टाइनमा बस्ने सर्त सहित पठाउँदै आइएको छ ।

नयाँ परिपत्र जारी भएपछि अब क्वारेन्टाइन रहेकाहरूको जाँच हुनेछ । यसले कोरोना जाँचका लागि धरान पठाउनु पर्ने अवस्थाको पनि अन्त्य हुने अनुमान गरिएको छ ।