अर्जुनधारा । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकालाई समस्या पर्दै आएको भन्दै सरकार तथा स्थानीय व्यक्ति तथा संघसंस्थाले सहयोग गरिरहेका छन् ।

सरकारले गरेको सहयोगको आह्वानलाई आत्मसात गर्दै अर्जुनधारा नगरपालिका वडा नं. ७ मोक्षेश्वर चोकका एक व्यक्तिले आफ्नो घरमा भाडामा बस्दै आएका ६ घर परिवारलाई एक महिनाको भाडा नलिने घोषणा गरेका छन् ।

अर्जुनधारा–७ का केशव ढुङ्गेलले आफ्नो घर भाडामा बस्दै आएका ६ परिवारको भाडा नलिने घोषणा गरेका हुन् । उनले १३ वटा कोठा भाडामा लगाएका छन् । उनले चैत महिनाको सम्पूर्ण घर भाडा नलिने न्यूज सञ्जाल डटकमलाई जानकारी दिए।