झापा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्नेलाई शुक्रबार पनि २ घण्टा उभ्याइएको छ ।
लकडाउन उल्लघंन बढेपछि झापामा प्रहरीले बुधबारदेखि नयाँ रणनीति अपनाएको थियो । प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई सडकमै २ घण्टा उभ्याएर कारवाही थालेको हो ।
शुक्रबार बिहान लकडाउन उल्लंघन गर्दै सडकमा निस्केका ६० जनाभन्दा बढीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई २ घण्टा एकै ठाउँमा उभ्याएपछि सम्झाएर घर पठाइएको छ । इलाका प्रहरी कार्यालय अनारमनी, सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्प र जिल्ला ट्राफिक कार्यालय झापाको संयुक्त टोलीले ‘टु आवरस् लकडाउन सेल’ नाम दिएर बुधबारदेखि जिल्लाको बिर्तामोडस्थित मुक्तिचोकमा सामाजिक दूरीमा राखेर कारवाही थालेको छ ।
यसैबीच, लकडाउनका बेला चलाइएका सवारी नियन्त्रणमा लिइएको छ भने उक्त सवारीसाधन लकडाउन खुलेपछि आवश्यक प्रक्रिया पूरा गरेर मात्र धनीलाई दिइने प्रहरीले जनाएको छ ।