झापा । भारतसँग खुला रहेको जिल्लाको सीमावर्ती क्षेत्रमा जिल्ला प्रहरी कार्यालय झापाले निगरानी बढाएको छ ।

खुला सीमाको फाइदा उठाउँदै लुिकछिपी कोही पनि नेपाली क्षेत्रमा प्रवेश गर्न नपाउन् भनी प्रहरीले स्थानीयसँग समन्वय गरी सीमामा निगरानी बढाएको हो ।

जिल्लाका खुला रहेका विभिन्न स्थानमा १६ वटा निगरानी समिति गठन गरी गरी निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

उहाँले नोवल कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणको समस्या भारतमा बढ्दै गएपछि खुल्ला सिमानाको फाइदा उठाउँदै नेपाली तथा भारतीय नागरिक लुकी छिपी नेपाल प्रवेश गर्न सक्ने भएकाले जिल्ला प्रहरी कार्यालय झापाले तीन जना प्रहरी निरीक्षकको कमान्डमा थप एक सय ५० जना प्रहरी सीमा क्षेत्रमा परिचालन गररिएको बताउनुभयो ।

प्रहरीले स्थानीयस्तरमा गठन गरिएको समितिसँग सहकार्य गर्दै सीमाको निगरानी गरिरहेको छ ।

सीमा क्षेत्रको निगरानीका लागि अहिले कचनकवल गाउँपालिकाको पथरीया, झापा गाउँपालिकाको टाघनडुब्बा र गौरीगञ्ज गाउँपालिकाको कोरोवारीमा प्रहरीले अस्थायी बेस क्याम्प नै खडा गरेको छ ।

झापाको पूर्वी उत्तर सिमाना तिरिङ खोलादेखि पश्चिम दक्षिण सीमावर्ती क्षेत्र गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटरको खुला सीमामा अहिले निगरानी बढाइएको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।

यस्तै सशस्त्र प्रहरी बल झापाले पनि जिल्लाका विभिन्न स्थानमा सीमा क्षेत्रको निगरानीका लागि थप एक सय सशस्त्र प्रहरी परिचालन गरेको छ ।