0 Shares

विराटनगर । प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्दै जिल्ला तहका क्वारेन्टाइनको जिम्मेवारी नेपाली सेनालाई दिने तयारी थालेको छ ।

सरकारले प्रदेश १ मा लाग्ने हाटबजार मेला र जमघट बन्द गर्दै र राहत वितरणलाई पनि प्रभावकारी बनाउने भएको छ । शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउँन आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी सुरक्षा योजना र जिम्मेवारी तोकेको हो ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले जिल्ला तहका क्वारेन्टाइनको जिम्मेवारी नेपाली सेनालाइ दिने व्यवस्था मिलाउने, लकडाउनलाई कडाईका साथ कार्यन्वयन गराउने, हाटबजार, मेला र जमघट बन्द गराउँने, राहत वितरण प्रभावकारी बनाउने, कोरोना जनसुरक्षा कोषबाट पालिकाहरुलाई उपलब्ध गराउनु पर्ने रकमबारे सिफारिस गर्नुपर्ने लगायतका जिम्मेवारी दिएको हो ।

बैठकले कोशी कोरोना अस्पतालबाट कोरोना परीक्षणका लागि ल्याइएका ५ हजार ¥यापिड टेष्ट किटबाट पहिलो चरणमा क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका शंकास्पद व्यक्तिहरुको परीक्षण गर्ने निणर्य गरेको छ । साथै कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि डा। शंकर अधिकारीको संयोजकत्वमा ७ सदस्यीय मेडिकल एक्सपर्ट ग्रुप समेत गठन गरेको छ ।

समितिको सदस्यमा पंकज खतिवडा, डा। शैलेशमणी पोखरेल, डा सुर्य पराजुली, डा मोहन खडका, डा प्रेमप्रसाद आचार्य, र डा सुरेश मेहता रहेका छन् ।