काठमाण्डौ । विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट अहिलेसम्म १८ लाख ५२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना फैलिँदा अहिलेसम्म १८ लाख ५२ हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।सङ्क्रमितमध्ये चार लाख २३ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । त्यस्तै एक लाख १४ हजार जनाको ज्यान गएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण अमेरिकामा मात्रै २२ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै पाँच लाख ६० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

अमेरिकापछि इटलीमा १९ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । यस्तै स्पेनमा १७ हजारभन्दा धेरै, फ्रान्समा १४ हजारभन्दा धेरै र बेलायतमा १० हजार ६ सयभन्दा धेरैको ज्यान गएको छ ।