काँकडभिट्टा । लकडाउनका कारण काँकडभिट्टामा अलपत्र परेका ६४ नेपालीलाई सोमबार घर पठाइएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोखरेलका अनुसार स्थानीय सरकारसँगको सहकार्यमा दुइटा बसमार्फत उनीहरुलाई घर पठाइएको हो । ३४ जना यात्री बोकेको बस काठमाडौं गएको छ । ३६ जना चढेको बस धनगढी पठाइएको छ ।

सबै यात्रुको स्वास्थ्य जाँच गरेर पठाइएको प्रहरीले जनाएको छ । लकडाउनका कारण नुवाकोट, धादिङ तथा सुदूर पश्चिमका बाजुरा, बझाङ, जुम्ला, हुम्लाका नेपाली सीमा सहरमा अलपत्र थिए ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको समन्वयमा अलपत्रहरुलाई सम्बन्धित जिल्ला पठाइएको जानकारी दिए । ुलामो समयदेखि अलपत्र भएर बेखर्ची बनेकाहरुलाई स्वास्थ्य जाँच पछि घर पठाएका हौं ।ु