0 Shares

झापा । आफैँले कुदाएको मोटरसाइकल दुर्घटना हुँदा झापा अर्जुनधारा १ साधुटारका १९ वर्षीय उमेश भण्डारी गम्भीर घाइते भएको छन् ।

आफैँ सवार मे. ८ प ४१९९ नम्बरको मोटरसाइकल अर्जुनधारा ४ स्थित कालोपत्रे सडकमा दुर्घटना हुँदा भण्डारी घाइते भएका थिए । उनलाई घटनास्थलबाट स्थानीय बासिन्दाको सहयोगमा अस्थायी ट्राफिक प्रहरी कार्यालय शनिश्चरेले उपचारको लागि बिएण्डसी हस्पिटल पुराएको छ ।

अस्थायी ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज दिपेश पौडेलका अनुसार समयमै हस्पिटल पुराइएकाले घाइते भण्डारीको उपचार सम्भव हुने भएको चिकित्सकले बताएका छन् । ओभर स्पिड भएकाले नियन्त्रण गुमाएकाले दुर्घटना हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

आज ८ः १५ बजे भएको दुर्घटनाबाट घाइते भण्डारीको टाउको र अनुहारमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेको सवारी चालकको अनुमतिपत्रका आधारमा पहिचान खुलेको हो भने अहिले उनका परिवार सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।