0 Shares

झापा । लकडाउनको उल्लंघन गर्दै सञ्चालनमा आएका दुई वटा टिपरलाई बुधबार अपराह्न सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पको गस्ती टोलीले गिटी लिन जाँदै गरेको अवस्थामा झापा अर्जुनधारा ४ को वडा कार्यालय अगाडिको सडकबाट नियन्त्रणमा लिएको हो ।

बेस क्याम्पका अनुसार को. १ ख २१२५ र को. १ ख ७३२४ नम्बरको टिपरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसअघि शनिश्चरे प्रहरी चौकीको टोलीले ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।