अर्जुनधारा । दाताबाट संकलित राहत सामग्री अर्जुनधारा नगरपालिकाको ११ नम्वर वडा कार्यालयको एकद्वार राहत कोषमा खाद्यान्न हस्तान्तरण गरिएको छ ।
राहत कोषमा संकलित खाद्यान्न संयोजक जगतबहादुर मगर तथा अभियन्ता गणेश ढुङ्गानाले वडाध्यक्ष भैरबबहादुर खड्कालाई हस्तान्तरण गरे । अभियानमार्फत संकलित दुई सय दश किलो चामल हस्तान्तरण गरिएको हो ।
कोषमा दाताहरु बिर्तामोडका सामाजिक व्यक्तित्व महेन्द्र प्रसाईं, दुर्योधन गुरुङ्ग, सङ्गीतकार कृष्ण योञ्जन, अर्जुनधाराका गोमा सिटौला र आकास राईले अति बिपन्न परिवारको चुलो ननिभोस् भनी सहयोग गरेको अभियन्ता ढुङ्गानाले बताए ।
कार्यक्रममा अति बिपन्न परिवार सिफारिसका लागि वडा सदस्य मोहनकुमार योगी, लक्ष्मी राई साथै टोल बिकास संयोजक नरहरि चापागाईं, वीरबहादुर राई, भीम लम्जेल, चन्द्रकला भन्डारी, भानु चापागाईं लगायतको उपस्थिति रहेको थियो । लक डाउन लम्बिने क्रम रहेकोले अति बिपन्न परिवार पहिचान गरी वितरण गर्ने अध्यक्ष खड्काले बताए ।