बिर्तामोड । कोरोना सङ्क्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष बिर्तामोड नगरपालिकास्तरीय समितिले विभिन्न निर्णय गरेको छ ।

समितिको बिहीवार बसेको बैठकले अत्यावश्यक सेवा तथा बस्तुका विषयमा विभिन्न निर्णय गरेको हो । समितिको निर्णय अनुसार बिर्तामोडमा खाद्यान्न पसल दिउँसो १२ बजेदेखि ३ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

स्थानीय रूपमा उत्पादित घुमन्ते सब्जी पसल, दूध, औषधि पसल नियमित ससञ्चालन गर्न पाइने निर्णय भएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकमार सिवाकोटीले बताए । बैठकले वैशाख १५ गतेसम्म कृषि थोकमा रहेको तरकारीको ल्याब सेवा बन्द गर्ने पनि निर्णय गरेको छ ।