0 Shares

आनन्द गौतम,
ताप्लेजुङ । श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका ९ हाङदेवा बुङकुलुङका पासाङ थुन्डुक शेर्पाले श्रीमतीलाई हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।

बुधबार शेर्पाकी श्रीमती मिङलामु घरमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको शरीरमा विभिन्न चोट देखेपछि गाउँलेले हत्या आशंका गरेका थिए ।

थुन्डुकले श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको आशंकमा पक्राउ गयरिएको जिल्ला प्रहरी प्रवक्ता विष्णुबहादुर खड्काले बताए ।

जिल्ला अदालतबाट शुक्रबार म्याद थपगरी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाइएको खड्काले जानकारी दिए ।