काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ४६८ पुगेको छ ।
वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ८७ हजार ३ सय २३ पुगिसकेको छ, भने ५ लाख ८५ हजार ८ सय ३८ निको भइसकेका छन् ।
यसैबीच, ७ लाख ४३ हजार ३०६ वटा कोरोना केसहरु बन्द भइसकेका छन्, भने १५ लाख ४४ हजार १७ वटा केसहरु एक्टिभ छन् ।
यो समाचार बनाउँदासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ३७ हजार ८ सय ८९ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ७ लाख १५ हजार १०५ पुगेको छ । जसमध्ये ६३ हजार ८ सय ६१ जना निको भइसकेका छन् ।
यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २३ हजार २ सय २७ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ७५ हजार ९ सय २५ पुगेको छ । यसैबीच निको हुनेको संख्या ४४ हजार ९ सय २७ पुगेको छ ।
कोरोना संक्रमणका कारण स्पेनमा २० हजार ४३ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या १ लाख ९१ हजार ७ सय २६ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या ७४ हजार ७ सय ९७ पुगेको छ ।
फ्रान्समा १ लाख ४७ हजार ९६९ जना कुल सङ्क्रमित भएका छन् भने, १८ हजार ६ सय ८१ को ज्यान गएको छ । यसैबीच ३४ हजार ४२० निको भएर फर्किएका छन् ।
यूकेमा पनि ज्यान गुमाउनेको संख्या १५ हजार ४ सय ६४ पुगेको छ । त्यस्तै १ लाख १४ हजार २ सय १७ जना संक्रमित छन् ।
इरानमा ज्यान गुमाउनेको संख्या ५ हजार ३१ पुगेको छ । ८० हजार ८ सय ६८ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ५५ हजार ९ सय ८७ निको भइसकेका छन् ।
यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ५ हजार ४ सय ५३ पुगेको छ, भने संक्रमितको संख्या ३७ हजार १ सय ८३ पुगेको छ, भने ८ हजार ३ सय ४८ निको भइसकेका छन् ।
त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ४ हजार ४ सय ५ पुगेको छ । १ लाख ४२ हजार ५ सय ६९ संक्रमितको संख्या पुगेको छ, यसैबीच ८५ हजार ४ सय निको भइसकेका छन् ।
त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । हालसम्म २ जना निको भइसकेका छन्, भने बाँकी २९ जना उपचाररत छन् ।